मुकुल ढकालले भने : ‘रवि दाइलाई राजनीतिबाट बिदा गरी, रास्वपा निर्माणमा लागौँ’

मुकुल ढकालले भने : ‘रवि दाइलाई राजनीतिबाट बिदा गरी, रास्वपा निर्माणमा लागौँ’
फाइल तस्बिर।
सुन्नुहोस्

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीका संस्थापक महामन्त्री मुकुल ढकालले सभापति रवि लामिछानेलाई बिदाई गरेर पार्टी निर्माणमा लाग्न आग्रह गरेका छन्। विगतमा आफूले केन्द्रीय समितिको बैठकमा रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाउन गरेको आग्रह स्मरण गराउँदै उनले पार्टी जोगाउने उपाय सोच्न आग्रह गरेका छन्।

‘अत: असार १९, २०८१ मा मैले पार्टीको केन्द्रीय समितिको बैठकमा राखेको प्रस्ताव - रविको पार्टी होइन राष्ट्रिय स्वतन्त्र पार्टी बनाऔँ , यो प्रस्तावमा नआइ सुख छैन। उनले फेसबुकमार्फत भनेका छन्, ‘रवि दाइलाई राजनीतिबाट बिदा गरी, राष्ट्रिय स्वतन्त्र पार्टी निर्माणमा लागौँ। यसले दाइलाई पनि सबै कुरा छोडेर, मुद्दा मामिलामा फोकस हुन सजिलो हुन्छ र पार्टी पनि बन्ने दिशामा अघि बढ्छ।’

लामिछाने अदालतको गोलचक्करमा फसेकाले आदेशको स्वागत गरे अगाडि बढ्नुपर्ने उनको भनाई छ। ‘मानिलिऔँ, सर्वोच्चले छोडिहाले, फेरि जिल्लाको फैसलामा जान सक्छन्। फेरि उच्चले छोड्न सक्छ। अनि फेरी सर्वोच्चले लान सक्छ। १८-२० वटा अदालतको गोलचक्कर छ।’ ढकालले भनेका छन्, ‘धरौटीमा छोड्दा पटक पटक यो देशमा न्याय जिउँदो छ भनेर अदालतको सम्मान गरेका थिए। मैले त भनेकै थिए, धेरै खुशी नहुनु। तर खुशी भएपछि, कसको के लाग्छ र , बधाई दिए। अब अदालतलाई गाली गर्नुको के तुक रहन्छ र ! हिजो जसरी अदालतको फेसलाको स्वागत गरिएको थियो, त्यसरी स्वागत गर्ने।’ 

असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न नसके राजनीति के गर्छौ ? भन्दै रास्वपाका नेताहरुलाई उनले प्रश्न गरेका छन्। ‘असारमा भनेको कुरा चैत्र लाग्दासम्म पनि बुझ्न सकेनौँ भने, राजनीति के गर्छौ ? छोडिदिए हुन्छ। अब पार्टी जोगाउने उपाय भनेको असारको प्रस्तावमा फर्कनु हो। रविको पार्टी होइन, राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने निर्णय गर्नु हो। अनि मात्र नेपाल, नेपाली जनता, विधिको शासन र नैतिक मूल्य मान्यताको राजनीतीलाई न्याय मिल्छ’ ढकालले भनेका छन्।

लामिछानेले भनेको अन्तिम वाक्यलाई स्मरण गर्दै ढकालले म शून्यमा नै रहुँदा अब तपाईं कतिमा भन्दै प्रश्न तेर्स्याएका छन्। ‘रवि दाइले मलाई बोलेको अन्तिम वाक्य थियो -"देख्यौं, शून्यमा पुर्याए तिमीलाई।" हुन त मैले समीक्षा प्रतिवेदनमा नै शून्यबाट यात्रा सुरू गर्दै छु भनेर लेखेको थिएँ। दाइलाई सुनाइदिनु होला , "दाइ, म शून्य थिएँ, शून्य छु र शून्य नै रहुँला, तर अब तपाईं कति ?’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.