बस्तीमा आगो फैलिएपछि स्थानीय त्रसित
रुकुम पूर्व : सिस्ने गाउँपालिका–१ को सिमाना नजिकबाट सुरु भएको डढेलो सिस्ने–२ का विभिन्न बस्तीहरूमा फैलिँदा ठूलो क्षति भएको छ।
सिस्ने गाउँपालिका-२ को सिर्के पात्ली, सल्लेरी, ताते, भर्जिन, मुसिको बस्ती, दत्कुना, जौँली, कुरीपानी हुँदै नायगाडको माथिल्लो क्षेत्र लगायत अधिकांश वनसम्म फैलिएको डढेलोले स्थानीयलाई आतंकित बनाएको हो। डढेलोका कारण सिस्ने–२ का थुप्रै गोठहरू जलेर नष्ट भएका छन्। आगो निभाउने क्रममा केही व्यक्ति घाइते भएका छन्।
आगो निभाउने क्रममा शुक्रबार अर्जुन घर्तीलाई ढुंगाले लाग्दा गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपालगन्ज लगिएको हिमायल मावि नायगाडका विद्यालय व्यवस्थापन समिति अध्यक्ष तिलकराज रसाइलीले बताए। आगलागीबाट भएको थप विवरण आएको छैन।
प्रतिक्रिया दिनुहोस !