सिटी स्क्यान मेसिन खरिदमा बजेट कटौती

सिटी स्क्यान मेसिन खरिदमा बजेट कटौती
सुन्नुहोस्

खाँदबारी : कोशी प्रदेश सरकारले जिल्ला अस्पताल सङ्खुवाभाका लागि ‘सिटी स्क्यान मेसिन’ खरिद गर्न चालु आर्थिक वर्ष २०८१/०८२ मा ७ करोड रुपैयाँ विनियोजन गरेको थियो। प्रदेशका स्वास्थ मन्त्री भुपेन्द्र राईको मन्त्रीस्तरीय निर्णयले सीटी स्क्यान मेसिन खरिद कार्यक्रम कार्यान्वयन नगर्नु भनी जिल्ला अस्पतालाई पत्रचार गरेको छ। 

चालु आर्थिक वर्षमा जिल्ला अस्पतालका लागि सिटी स्क्यान मेसिन खरिद गर्न प्रदेश सरकारबाट ७ करोड रूपैयाँ विनियोजित गरिएको थियो। उक्त बजेटमार्फत मेसिन खरिद कार्यक्रम कार्यान्वयन नगर्ने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले पत्रमार्फत जनाकारी गराएको अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुमन शाक्यले जानकारी दिए। विनियोजित बजेट कार्यान्वयनमा अन्योल भएपछि अस्पतालले मार्गदर्शनका लागि चैत १२ गते मन्त्रालयलाई परिपत्र गरेको थियो। तर, मन्त्रालयले एक्लौटी निर्णय गरी कार्यक्रम नै रोक्ने निर्णय गरेको छ। तत्कालीन स्वास्थ्यमन्त्री राजेन्द्र कार्कीमन्त्री भएको बेला दुर्गम हिमाली जिल्ला सङ्खुवासभाका लागि सिटी स्क्यान मेसिन खरिदका लागि बजेट विनियोजन भएको थियो। 

बजेट विनियोन भइसकेको ‘सिटी स्क्यान मेसिन खरिद’ कार्यक्रम कार्यान्वयन गराइ दिन लागि संखुवासभाको सर्वदलीय टोलीले कोशी प्रदेशका मुख्यमन्त्री र मन्त्रीलाई भेट गरेको थियो। गत फागुन २ गते गएको सर्वदलीय टोलीलाई प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राई र मुख्यमन्त्री हिक्मतकुमार कार्कीले चाँडै खरिद प्रक्रिया अगाडि बढाइ दिने आश्वसन दिएर पठाएको जिल्ला समन्वय समिति प्रमुख तथा अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुमन शाक्ले बताए। शाक्यले भने, ‘स्वास्थ्यमन्त्री राईले जनशक्तिको व्यवस्थापन सहित मेसिन खरिद प्रक्रिया अघि बढाउने तयारी रहेको आश्वसन हामीलाई दिनुभएको थियो तर अहिले मेसिन खरिद कार्यक्रम कार्यान्वयम नगर्नु भन्ने पत्र आयो।’ स्रोत सुनिश्चित भएर टेन्डर प्रक्रियामा गइसकेपछि काम अघि बढ्ने र त्यसको जिम्मा प्रदेश सरकारले लिने भन्दै मन्त्री राईले हामीलाई ढुक्क हुन आग्रह गरेकोमा अहिले बजेट नै हराएको शाक्यले बताए। 

गत आर्थिक वर्षमा ‘मेसिन’ कै लागि आएको ३ करोड रुपैयाँ ‘मेसिन’ खरिद गर्न अपुग भएकाले ‘फ्रिज’ भएको थियो। जिल्ला अस्पताल खाँदबारीले संखुवासभा सहित भोजपुर, धनकुटा र तेह्रथुमसम्मका बासिन्दालाई समेत सेवा दिइरहेको छ। ‘सीटी स्क्यान’कै लागि दैनिक जिल्ला अस्पताल आउने बिरामीलाई सुविधा सम्पन्न अस्पतालमा ‘रेफर’ गर्नुपर्ने अवस्था रहेका छ। दुर्गम जिल्लामा ‘सिटी स्क्यान’ सेवा नहुँदा सर्वसाधारणले धेरै दुःख पाउनुपर्ने अवस्था छ। जिल्लाबाटै सेवा सञ्चालन गर्न सकेमा ‘सीटी स्क्यान’का लागि सर्वसाधारणले ठूलो धनराशि खर्च गर्नुपर्ने अवस्थाको अन्त्य हुने समन्वय प्रमुख शाक्यले बताए। 

सिटी स्क्यान खरिद प्रक्रियता रोकिएपछि समाजवादी मोर्चाले पनि विरोध जनाएको छ। समाजवादी मोर्चाको संयोजक टेकमान राईले हस्ताक्षर गरेको विज्ञप्तिमा स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा अनावश्यक राजनैतिक हस्तक्षेत्र गरी जनताको स्वास्थ्यमा खेलवाड नर्गन अनुरोध गरिएको छ। नीति तथा कार्यक्रममा मार्फत पारित भई योजना किताब(रेड बुक) मा प्रकाशित जिल्ला अस्पतालका लागि सिटि स्क्यान मेसिन खरिदमा विनियोजित रकम स्वास्थ्यमन्त्री भूपेन्द्र राईले असंवैधानिक र पूर्वाग्राही ढंगलबाट रोकेको प्रतिगम्भीर ध्यानाकर्षण भएको जनाइएको छ। प्रदेश सभाद्वारा पारित योजनालाई मन्त्री स्तरीय निर्णयका नाममा परिवर्तन गर्ने काम गलत भएको भन्दै गैर जिम्मेवारी पूर्ण निर्णय तत्काल सच्याउन समाजवादी मोर्चाले माग गरेको छ। बजेट रोकिएपछि ‘सिटि स्क्यान मेसिन खरिद’ लागि छुट्याएको रकम कार्यन्यन गर्न संखुवासभालीले सामाजिक सञ्जालमार्फत व्यापक दबाब दिइरहेका छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.