अफगानस्तानले नेपाललाई दियो १६९ रनको लक्ष्य

अफगानस्तानले नेपाललाई दियो १६९ रनको लक्ष्य

काठमाडौं : युथ ओडिआई सिरिजको दोस्रो खेलमा अफगानस्तान यू१९ टिमले नेपाल यू१९ टिमलाई १६९ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

मुलपानी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको अफगानस्तानले निर्धारित ५० ओभरमा अलआउट हुँदै १६८ रन जोड्यो।

अफगानस्तानका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। उनले ११४ बलमा १ चौका प्रहार गरे। 

ओपनरद्वय उजाइरुल्लाह नियाजाइ र खालिद अहमदजाइले क्रमशः १९ र १० रन बनाए। नाजिफुल्लाह अमिरीले १६, खातिर स्तानिकाजाइले ११ र रोहुल्ला अरबले २७ रन बनाए। 

नेपालका लागि बलिङमा सन्तोष यादवले सर्वाधिक ३ विकेट लिए। उनले १० ओभरमा १ मेडन सहित २३ रन खर्चिए। विपिन शर्मा र सिब्रिन श्रेष्ठले समान २–२ विकेट लिए। अभिषेक तिवारी र अपराजित पौडेलले १–१ विकेट लिए।

पहिलो खेलमा नेपाल अफगानस्तानसँग १३० रनले पराजित भएको थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.