श्रम शोषण गरेको भन्दै सडकमा उत्रिए जोरपाटीका डाक्टर

श्रम शोषण गरेको भन्दै सडकमा उत्रिए जोरपाटीका डाक्टर
सुन्नुहोस्

काठमाडौं : सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण गरेको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रिपरिषद्‍बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरूले आइतबार माइतिघरमा धर्नाका साथै विरोध प्रदर्शन गरेका हुन् । 

null

आवासीय डाक्टरहरूले स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय लागू गर, आवासिय चिकित्सकमाथिको श्रम शोषण बन्द गर,आयोगको निर्णय नमान्ने मेडिकल कलेजको समन्धन खारेज गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए । 

नेपाल मेडिकल कलेजका आवासीय डाक्टर राजु चौधरीले सरकारबाट पास भइसकेका विषयलाई ४८ हजार तलब दिनुपर्नेमा केवल १९ हजार ८ सय मात्रै ४८ हजार दिएकाले आफूहरूको श्रम शोषण भएको बताए।

उनले सरकारको निर्णय लागू हुनुपर्ने र आफूहरूमाथिको श्रम शोषण अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.