भैरहवा कारागारबाट रविको प्रतिक्रिया - न्यायलयको आदेशप्रति सम्मान छ

भैरहवा कारागारबाट रविको प्रतिक्रिया - न्यायलयको आदेशप्रति सम्मान छ
सुन्नुहोस्

भैरहवा : उच्च अदालत तुलसीपुर बुटवल इजलासको आदेशपछि कारागार चलान भएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्क प्रालिका पूर्वप्रबन्धक निर्देशक रवि लामिछानेले अदालतको आदेशप्रति सम्मान रहेको संक्षिप्त प्रतिक्रिया दिएका छन् ।

उच्च अदालतको आदेशपछि काठमाडौंमा पक्राउ गरिएका लामिछानेलाई सोमबार जिल्ला अदालतमा उपस्थित गराएर पूर्पक्षका लागि जिल्ला कारागार भैरहवामा चलान गरिएको प्रहरीले जनाएको छ । आवश्यक प्रक्रियापछि कारागारको थुनुवा कक्षतर्फ लैजादै गर्दा सञ्चारकर्मीको अदालतको आदेशप्रति भन्नु केही छ भन्ने प्रश्नमा उनले भने,‘केही छैन,सम्मान छ ।’

जिल्ला कारागार कार्यालय भैरहवाका कारागार प्रशासक सुरेश भण्डारीले लामिछानेलाई ब्लक नम्बर ४ मा राखिएको बताए । ‘कारागारको चारवटा ब्लकमध्ये उनलाई चार नम्बर ब्लकमा राखेका छौं’,उनले भने, ‘अहिले उहाँ बसेको ब्लक सिंगल छ,पछि कैदीबन्दीको संख्या बढ्दै जाँदा त्यहाँ थप्नुपर्ने हुनसक्छ । अहिले कैदीबन्दीको संख्या ५९४ छ ।’

 
सहकारी ठगी र संगठित अपराध मुद्दामा गत माघ १३ गते जिल्ला अदालत रुपन्देहीले एक करोड रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि जिल्ला सरकारी वकिल कार्यालय र लामिछाने दुवै पुनरावेदनका लागि उच्च अदालत बुटवलमा निवेदन दिएका थिए । जसउपर गत शुक्रवार उच्च अदालतले सुनुवाई गर्दै लामिछानेलाई थुनामा पठाउने आदेश गरेको थियो ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.