प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा आज सम्बोधन गर्दै

प्रधानमन्त्री ओलीले मधेस प्रदेशसभामा आज सम्बोधन गर्दै
फाइल तस्बिर।

जनकपुरधाम : मधेस प्रदेशसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्री ओलीले मंगलबार बिहान १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्न लागेका सभामुख रामचन्द्र मण्डलले जानकारी दिएका छन् ।

ओलीले गर्ने सम्बोधनको सम्पूर्ण तयारी पूरा गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मधेस प्रदेशसभाको बैठक सभाहललाई चिटिक्क बनाइएको छ । प्रदेशसभाका सचिव बासुप्रसाद कोइरालाले प्रधानमन्त्रीको स्वागतका लागि ठाउँठाउँमा स्वागतद्वारको निर्माण तथा सम्बोधनको लागि आवश्यक सम्पूर्ण प्रबन्ध भइसकेको अन्नपूर्णलाई जानकारी दिए ।

प्रधानमन्त्री ओलीले मंगलबार १० बजे मधेस प्रदेशसभामा सम्बोधन गर्ने मधेस प्रदेशका सभामुख रामचन्द्र मण्डलले जानकारी दिए । 

उनले भने, ‘प्रदेशसभा बैठक बिहान १० बजेका लागि बोलाइएको छ । प्रधानमन्त्री ओलीले प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची छ ।’ 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.