रुकुमकोटमा कृषि तथा व्यापार महोत्सव सुरु
रूकुम पूर्व : पूर्वी रुकुमको सदरमुकाम रुकुमकोटमा संस्कृति, पर्यटन, कृषि तथा व्यापार महोत्सव सुरु भएको छ। ‘समृद्ध रुकुमपूर्वको आधार, कला संस्कृतिको पहिचान’ नारासहित अठाले ग्रुपले महोत्सव आयोजना गरेको हो।
जिल्ला समन्वय समिति रुकुमपूर्वका उपप्रमुख मोहनबहादुर केसीले महोत्सवको उद्घाटन गरेका हुन्। महोत्सव २०८१ चैत २६ गतेदेखि २०८२ वैशाख १० गतेसम्म सञ्चालन हुने छ।
जिल्लाको मौलिक कला, संस्कृति जगेर्ना, पर्यटन प्रवर्द्धन र स्थानीय उत्पादनको बजार विस्तार गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको आयोजकले जनाएको छ।
महोत्सवमा स्थानीय कृषि, व्यवसाय र सेवा प्रदायकका सामग्री तथा सेवाको प्रदर्शनी र बिक्रीका लागि करिब सय वटा व्यापारिक स्टल राखिएको आयोजकले जनाएको छ।
प्रतिक्रिया दिनुहोस !