अर्घाखाँचीमा पहिलो जिरो होम डेलिभरी वडा घोषणा
अर्घाखाँची : अर्घाखाँचीको सन्धिखर्क नगरपालिका ९ लाई पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरिएको छ।
यस वडाका सबै गर्भवतीहरु स्वास्थ्य संस्थामा मात्र सुत्केरी हुने र बच्चा जन्माउने गरेपछि जिरो होम डेलिभरी वडा घोषणा गरिएको अर्घा स्वास्थ्य चौकी प्रमुख हिमराज भट्टराईले बताए।
यो वडा पूर्ण संस्थागत प्रसूति सेवायुक्त घोषणा हुने अर्घाखाँचीमा पहिलो वडा रहेको सन्धिखर्क नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख पुर्णप्रसाद पराजुलीले बताए।
पञ्चेबाजा बजाएर र्यालीका साथ हर्ष बढाई र खुसियालीका साथ वडालाई नगर प्रमुख कृष्णप्रसाद श्रेष्ठले पूर्ण संस्थागत प्रसूति सेवायुक्त वडा घोषणा गरेका हुन्।
उनले वडा हुँदै नगरपालिकालाई नै जिरो होम डेलिभरी घोषणा गर्ने नगरपालिकाको उद्देश्य रहेको बताउँदै आमा र बच्चाको स्वास्थ्य बलियो बनाउन यो अभियान प्रभावकारी हुने बताए।
प्रतिक्रिया दिनुहोस !