खाटमुनि लुकाएर राखेको ४ किलो गाँजासहित एकजना पक्राउ, अनुसन्धानका लागि १० दिनको म्याद

खाटमुनि लुकाएर राखेको ४ किलो गाँजासहित एकजना पक्राउ, अनुसन्धानका लागि १० दिनको म्याद
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

रौतहट :  रौतहटको चन्द्रपुर नगरपालिका वडा नम्बर ७ स्थित बनबहुअरी टोलबाट लागुऔषध गाँजासहित एकजना पक्राउ परेका छन् । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरबाट खटिएको टोलीले ५० वर्षीय सुरेन्द्र साहलाई पक्राउ गरेको हो ।

साहलाई उनको घर अगाडि सडकमा फेला पारेर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । त्यसपछि गरिएको घर खानतलासीमा साह सुत्ने कोठाको खाटमुनि “बाबा पोता” लेखिएको झोलामा गाँजा लुकाइएको अवस्थामा फेला परेको थियो  ।

प्रहरी निरीक्षक साजन  कुमार शर्माका अनुसार बरामद भएको उक्त गाँजा  ४ किलो १०० ग्राम रहेको छ ।  पक्राउ परेका साहमाथि लागुऔषधसम्बन्धी कसूरमा अनुसन्धानका लागि रौतहट जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि थप अनुसन्धान भइरहेको  प्रहरी निरीक्षक शर्माले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.