अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा

अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा
सुन्नुहोस्

काठमाडौं : तीनदिने तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन काठमाडौंमा हुने भएको छ। यही चैत्र २९ देखि ३१ गतेसम्म राजधानीमा तेस्रो अन्तर्राष्ट्रिय यातायात सम्मेलन हुने भएको हो। सोसाइटी अफ ट्रान्सपोर्ट इन्जिनियर्स नेपाल (सोटेन), भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सहरी विकास मन्त्रालयको संयुक्त आयोजनामा हुन लागेको सम्मेलनमा करिब ३ सयभन्दा बढी प्रतिनिधिहरूको सहभागिता हुने बताइएको छ। 

टुवाडर्स सेफ सस्टेनेबल इफिसियन्ट एन्ड रेजिलियन्ट मोबिलिटी भन्ने मुख्य नारासहित सम्मेलनको आयोजना गर्न लागिएको सोटेनले जनाएको छ।

सम्मेलनको बारेमा जानकारी दिन बुधबार आयोजित पत्रकार सम्मेलनमा सोटेनका अध्यक्ष डा. हरेराम श्रेष्ठले नेपालको यातायात क्षेत्रमा रहेको विद्यमान समस्या र समाधान गर्न यस सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। होटल याक एन्ड यतीमा तीनसम्म चल्ने सम्मेलनमा यातायात क्षेत्रका विभिन्न विषयमा १६ वटा सत्र सञ्चालन हुनेछन्। 

१२ देशका प्रतिनिधिहरूको सहभागिता हुने सम्मेलनमा २२ जना अन्तर्राष्ट्रिय र ४५ जना वक्ताहरूको सहभागिता हुनेछ। सम्मेलनमा अन्तर्राष्ट्रिय अभ्यास र नेपालको यातायात क्षेत्रमा सुधार गर्नुपर्ने विषयमा छलफल हुने सोटेनका महासचिव हेमन्त तिवारीले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.