नेपाल बार एसोसिएसनको अध्यक्षमा मिश्र निर्वाचित


काठमाडौं : नेपाल बार एसोसिएसनको अध्यक्षमा प्राडा विजयप्रसाद मिश्र निर्वाचित भएका छन्। प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता रमन श्रेष्ठलाई पराजित गर्दै मिश्र बार एसोसिएसनको अध्यक्षमा निर्वाचित भएका हुन्। 

अन्तिम मतपरिणामअनुसार मिश्रले पाँच हजार ५२ मत प्राप्त गरेको छ भने श्रेष्ठले दुई हजार ६ सय २१ मत पाए। निर्वाचित भएपछि नवनिर्वाचित अध्यक्ष मिश्रले बारमा सबैलाई समेटेर एकजुट भएर अघि बढ्ने बताए। 

स्वतन्त्र न्यायपालिकाको वास्तविक रूपमा स्थापित गर्न र स्वच्छ न्यायपालिकाको स्थापनाका लागि पहल गर्ने उनले बताए। मिश्रले लयर्स एकेडेमीको स्थापनामार्फत कानुन व्यवसायीहरूको अध्ययन प्रशिक्षण तथा तालिमका लागि प्रयाप्त अवसरको व्यवस्था गरिने उल्लेख गरे। उनले संविधान संशोधनमा समेत बारले महत्त्वपूर्ण योगदान पुर्‍याउने बताए।

त्यस्तै बारको उपाध्यक्षमा कोशी प्रदेशबाट पदमप्रसाद लिम्बु, मधेसबाट अजयशंकर झा, बागमतीबाट तेजबहादुर रावल, गण्डकीबाट भुपेन्द्र खनाल, लुम्बिनीबाट कृष्णप्रसाद पोख्रेल, कर्णालीबाट विवशकुमार बस्नेत र सुदूरपश्चिमबाट सिद्धराज ओझा निर्वाचित भए। 

त्यस्तै महिला उपाध्यक्षमा सरस्वती श्रेष्ठ विजयी भए। महासचिवमा यज्ञमणि न्यौपाने निर्वाचित हुँदा कोषाध्यक्षमा जगतबहादुर कार्की विजयी भए। नेपाल बारको चुनावमा मिश्रको प्यानल नै निर्वाचित भएको हो। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.