रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते

रामेछापमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु, १२ जना घाइते
सांकेतिक तस्बिर ।

रामेछाप : मन्थली नगरपालिका वडा नं २ र ३ को सिमाना ठाँटीमा बोलेरो दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। बिहीबार अपरान्ह भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन्।

वडा नं ३ को ऐरमवास देवी थान पूजाबाट फर्किँदै गरेको बा१६च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का ६२ वर्षीय कृष्णनारायण श्रेष्ठ र १३ वर्षीया भूमिका श्रेष्ठको घटनास्थलमै मृत्यु भएको मन्थली नगरपालिका–३ नम्बरका वडाध्यक्ष कृष्णगोपाल थापाले बताए। 
 

घाइते सबैलाई उद्धार गरी उपचारका लागि मन्थली अस्पताल पठाइएको वडाध्यक्ष थापाले बताए। दुर्घटना भएको बोलेरो सडकबाट २-३ मिटर तल खसको थियो। पानी परेर सडक चिप्लो भएको र क्षमता भन्दा धेरै यात्रु बोकेको हुनाले दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ। 

दुर्घटनाको थप विवरण भने आउन बाँकी छ। यसबारे प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रदीपकुमार सिंहले बताए।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.