सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते

सर्लाहीमा ट्रकको ठक्करबाट दिदीको मृत्यु, बहिनी घाइते
सुन्नुहोस्

मलंगवा : सर्लाहीको हरिपूर्वा नगरपालिका–९ मिर्चैयामा शुक्रवार बिहान ट्रकले किचेर एक युवतीको मृत्यु भएको छ । दुर्घटनामा मृतककी बहिनी घाइते भएकी छन् ।

बाँके–संग्रामपुर सडकअन्तर्गत श्रीनगरबाट धनकौलतर्फ जाँदै गरेको ना. ५ ख ३८५८ नम्बरको ट्रकले किच्दा साइकल हाकिरहेकी ईश्वरपुर नगरपालिका–१३, श्रीनगरका  रामदुलार महतोकी १७ वर्षीया छोरी अन्जली कुमारी महतोको घटनास्थलमै मृत्यु भएको हो । 

ट्रकले किचेर साइकल पछाडि चढेकी अञ्जलीकी बहिनी १५ वर्षीया पूजा कुमारी महतो घाइते भएकी छन् । उनको श्रीनगरस्थित एक निजी क्लिनिकमा उपचार चलिरहेको प्रहरीले जनाएको छ । 

मृतक अञ्जलीको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा ल्याएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन् ।  ठक्कर दिने ट्रक र चालक इलाका प्रहरी कार्यालय केशरगन्जको नियन्त्रणमा रहेको जनाएका छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.