एनआरटीको निर्वाचनमा सुन्दर र किशोर भिड्दै
काठमाडौं : नेपालको पुरानो खेलमध्येको एक काठमाडौं खेल मण्डल (एनआरटी) को नयाँ कार्यसमितिको निर्वाचन भोलि शनिवार हुने भएको छ।
११ सदस्यीय कार्यसमितिका लागि अध्यक्ष पदमा वर्तमान अध्यक्ष सुन्दर नरसिंह जोशी र किशोर भट्टराई बीच प्रतिस्पर्धा हुने भएको छ।
त्यसैगरी उपाध्यक्ष पदमा नवीन सुवाल र गौतमबहादुर मालाकारबीच प्रतिस्पर्धा हुने भएको छ। महासचिवमा डिकेन सुवाल र सतिश कृष्ण श्रेष्ठ भिड्ने भएका छन्।
सचिवमा भने सुरेन्द्रकुमार श्रेष्ठ निर्विरोध भएका छन्। कोषाध्यक्षमा अनुज सिंह प्रधान र किरण शम्शेर राणा प्रतिस्पर्धामा उत्रिएका छन्।
त्यसैगरी ६ सदस्यीय पदमा १० जनाले उम्मेदवारी दिएका छन्। जसमा मुरारी केसी, सुनिलभक्त जोशी, अमर श्रेष्ठ, श्याम नारायण माली, राजेन्द्र शाक्य, सर्वज्ञरत्न मानन्धर, योगेन्द्र मान श्रेष्ठ, सुन्दर थापा क्षेत्री, प्रज्वलकान्त मैनाली र अगम मान गुभाजु रहेका छन्।
प्रतिक्रिया दिनुहोस !