म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो

म्याद थपका लागि दुर्गा प्रसाईंलाई अदालत लगियो
सुन्नुहोस्

काठमाडौं : राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई म्याद थपका लागि काठमाडौं  जिल्ला अदालत लगिएको छ। प्रहरी परिसर काठमाडौंका प्रवक्ता अपिलराज बोहोराले  प्रसाईंलाई म्याद थपका लागि अदालत लगिएको जानकारी दिए।

अदालत लैजानुअघि उनलाई जिल्ला प्रहरी परिसर र  सरकारी वकिलको कार्यालय लगिएको थियो। त्यहाँ आवश्यक कागजी प्रक्रिया पुर्‍याएर प्रसाईंलाई अदालत लगिएको हो।

 भारतमा पक्राउ परेका प्रसाईंलाई झापाबाट केहीबेर अघि काठमाडौं ल्याइएको थियो।  ​​​​​​राजावादीले गरेको हिंसात्मक प्रदर्शनका कमाण्डर प्रसाईलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरी काँकटभिट्टा नाकाबाट आजै बिहान झापा ल्याइपुर्‍याइएको थियो। झापाको भद्रपुर विमानस्थलबाट बुद्ध एयरको जहाजमार्फत् उनलाई काठमाडौं ल्याइएको हो।

उनीसँगै पक्राउ परेका उनका अंगरक्षक दीपक खडकालाई पनि काठमाडौं ल्याइएको छ। दुवैजनाविरुद्ध राज्यविरुद्ध र संगठित अपराधसम्बन्धी कसूरमा अनुसन्धान गरिने प्रहरीले जनाएको छ।  चैत्र १५ गते तीनकुनेको राजावादीको प्रदर्शनस्थलबाट फरार भएका थिए। प्रहरीको टोली प्रसाईंलाई खोज्न केही दिन अगाडि भारत गएको थियो। 

राजावादीको प्रदर्शनमा आन्दोनकारीहरूलाई उक्साएर विध्वंशकारी घटना घटाएको आरोपमा राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र,महामन्त्री धवलशमशेर राणा प्रहरी हिरासतमा छन्। उनीहरूविरुद्ध राज्यविरुद्धको अपराधको कसूरमा मुद्दा चलाइएको छ।

तीनकुनेमा राजावादीले गरेको प्रदर्शनले हिंसात्मक रुप लिँदा दुईजनाको ज्यान गएको थियो भने सुरक्षाकर्मीसहित १३० बढी घाइते भएका थिए।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.