अलपत्र बसही पुल निर्माणका लागि दबाब दिन चक्काजाम

अलपत्र बसही पुल निर्माणका लागि दबाब दिन चक्काजाम

धनुषा : जनकपुर-ढल्केभर सडक खण्ड अन्तर्गत धनुषाको बसही पुल यथाशीघ्र निर्माणको माग गर्दै चक्काजाम गरिएको छ। जनकपुर-ढल्केभर ६ लेनमा अवस्थित मिथिला नगरपालिका-२ र ६ को सीमानामा पर्ने बसही पुल निर्माणको काम ठेकेदारले लामो समयदेखि अलपत्र पारेपछि स्थानीयहरू सडक अवरुद्ध गर्दै आन्दोलित बनेका छन् । उनीहरूले बुधबार बिहान आधा घण्टा चक्काजाम गरेका हुन्।

अलपत्र बनेको बसही पुलमा दिनहुँ सवारी दुर्घटना हुने क्रम बढेपनि सरोकारवाला निकाय चुपी कस्दा बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको प्रदर्शनमा सहभागी स्थानीयहरुले बताए । स्थानीयहरुको आन्दोलनमा सवारी चालकहरुले पनि समर्थन जनाएका थिए । ‘यो प्रदर्शन एकदमै जायज हो । यसमा हाम्रो पूर्ण समर्थन छ । हामीले दैनिक रुपमा यहाँ समस्या भोग्नुपरेको छ,’ आन्दोलनको क्रममा रोकिएका एक सवारी चालकले भने, ‘ठेकेदार भाग्यो भने राज्यले कारबाही गर्न सक्दैन ? कस्तो पो निरीह बनिराको सरकार ?’

आज पहिलो दिन सांकेतिक रूपमा दबाब दिन आधा घण्टा मात्रै चक्काजाम गरेको कृषि बजार व्यवस्थापन समिति ढल्केभरका अध्यक्ष  बुधेश्वर महतोले बताए । यस विषयमा आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल रहेको उनले बताए ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.