घरमा आगलागी हुँदा दुई बालक घाइते
काभ्रे : घरमा आगलागी हुँदा दुई बालक घाइते भएका छन्। जिल्लाको रोशी गाउँपालिका-१० पाखाटोलस्थित एक घरमा आगलागी हुँदा २ जना बालबालिका घाइते भएका हुन्।
स्थानीय र इलाका प्रहरी कार्यालय मंगलटारबाट खटिएको प्रहरी टोलीले आगलागी नियन्त्रणमा लिइ घाइतेहरूलाई उद्धार गरेको छ। घाइतेको उपचारका लागि धुलिखेल अस्पताल पठाइएको प्रहरी निरीक्षक कृष्ण गिरीले बताए।
प्रतिक्रिया दिनुहोस !