फाइबर खाँदाका फाइदै फाइदा !

फाइबर खाँदाका फाइदै फाइदा !
सुन्नुहोस्

वनस्पतिमा आधारित कार्बोहाइड्रेट जस्तै पोषणलाई फाइबर भनिन्छ। पाचन प्रक्रिया, तौल व्यवस्थापन, रक्तसञ्चार, कोलेस्ट्रोल सन्तुलनजस्ता मानव शरीरका प्रक्रियाहरूमा फाइबर अत्यन्त प्रभावकारी हुन्छ। फाइबरको उचित सेवनले आयु वृद्धि र घातक रोग लाग्न सक्ने सम्भावनालाई  घटाउँछ। चिकित्सा विज्ञानका अनुसार ५० वर्षभन्दा कम उमेर भएका मानिसले दैनिक २५ देखि ३८ ग्राम र ५० वर्षभन्दा माथिका मानिसले दैनिक २१ देखि ३० ग्राम सेवन गर्नु लाभदायक मानिन्छ।

फाइबर सामान्यतया घुलनशील फाइबर र अघुलनशील फाइबर गरी दुई प्रकारका हुन्छन्। घुलनशील फाइबरले रगतमा ग्लुकोजको मात्रा घटाउनुको साथै रगतमा कोलेस्ट्रोल बढाउन मद्दत गर्छ। त्यसैगरी अघुलनशील फाइबरले पाचन प्रणालीमा रगत प्रसारणको गति बढाउन भूमिका खेल्दछ।

घुलनशील फाइबरको स्रोतहरू : स्याउ, निबुवा (अमिलो), केराउ, दाल, गेडागुडी, काफल, जौं, केरा आदि।

अघुलनशील फाइबरका स्रोतहरू : कोदो, काउली, आलु, गोलभेंडा, उखु, खुर्सानी आदि।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.