कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी लक्षित गोली प्रहार

कपिलवस्तुको शुद्धोधन गाउँपालिका अध्यक्ष चौधरी लक्षित गोली प्रहार
तस्बिर : अन्नपूर्ण
सुन्नुहोस्

कपिलवस्तु : कपिलवस्तु जिल्लाको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेश शरण चौधरीलाई लक्षित गरी बिहीबार मध्यरातमा गोली प्रहार भएको छ । राति ११:३० बजेतिर मायादेवी गाउँपालिका -१ पकडीस्थित उनको निवासमा गोली प्रहार भएको अध्यक्ष चौधरीले जानकारी दिए। उनले ज्यानै लिनेगरी भएको घटनाले आफू निकै दु:खी भएको बताए।

अध्यक्षले आफूमाथि गोली प्रहार भएको खबर गरेलगत्तै प्रहरी घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीले बताए। अध्यक्षलाई लक्षित गरी प्रहार भएको गोली भित्तामा लागेको उनको भनाइ छ । 

राति बत्ती गएको समयमा शौचालय गएर फर्किने क्रममा अध्यक्षमाथि गोली प्रहार भएकोबारे जानकारी प्रहरीलाई आएको प्रहरी नायब उपरीक्षक अधिकारीले बताए । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको उनको भनाइ छ।

घटनास्थलबाट एक थान गोली र गोलिको खोका  बरामद भएको प्रहरीले जनाएको  छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.