सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल

सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यले आगामी आर्थिक वर्षको बजेट ल्याउँछौँ : अर्थमन्त्री पौडेल
सुन्नुहोस्

 काठमाडौं: उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलले सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका छन् । आइतबार सिंहदरबारमा राष्ट्रिय योजना आयोगले तयार गरेको आर्थिक वर्ष २०८२/०८३ को प्रस्तावित बजेट तथा नीति तथा कार्यक्रमसम्बन्धी प्रतिवेदन बुझ्दै पौडेलले अहिले मुलुकको आर्थिक अवस्था लयमा फर्किन थालेको भन्दै सबल अर्थतन्त्र निर्माण गर्ने उद्देश्यका साथ आगामी आर्थिक वर्षको बजेट ल्याउने तयारी भइरहेको बताएका हुन् ।

देशको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि सरकारले प्रभावकारी पहल गर्दै आएकाले पछिल्ला दिनमा अर्थतन्त्रका परिसूचकहरू सकारात्मक दिशातर्फ अघि बढेको उनले बताए । उनले वर्तमान सरकारकै कारण आर्थिक वृद्धिको लक्ष्यमा समेत सन्तोषजनक प्रगति भएको धारणा राखे ।

मन्त्री पौडेलले निजी क्षेत्रले उठाएका विषय र सहकारी क्षेत्र लगायतका समस्या समाधानका लागि सरकारले आवश्यक कानुन निर्माण गरेको जिकिर गरे । उनले मुलुक स्थिरताको यात्रामा अघि बढेपनि अस्थिरतावादी प्रवृत्तिहरूका विरुद्ध विभिन्न गतिविधि गर्ने कोशीस गरिरहेको उल्लेख गर्दै ती कोशीसहरु निरर्थक हुने बताए । 

मन्त्री पौडेलले सरकार टिकाउनका लागि मात्रै स्थिरता खोजेको नभइ संविधानको रक्षा गर्दै आर्थिक सामाजिक सुधार गर्नका लागि स्थिरता आवश्यक भएको धारणा राखे । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.