हतियार प्रदर्शन गरेर टिकटक भिडियो बनाउने युवक पक्राउ
कपिलवस्तु : पेस्तोल लिएर हतियार प्रदर्शन गरेर टिकटक बनाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शुद्धोधन गाउँपालिका-६ महादेवका २१ वर्षीय रघुविन्द यादव रहेको प्रहरीले जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
पक्राउ परेका युवक यादवले आफ्नो टिकटक एकाउन्टमा पेस्तोल सहित हातहतियार राखेर भिडियो प्रदर्शन गरेका थिए। उनको टिकटक भिडियोबाट समाजमा डर त्रास उत्पन्न भएको भन्दै प्रहरीले उनलाई मायादेवी गाउँपालिकाको पकडीस्थित एक होटलबाट पक्राउ गरेको छ।
प्रतिक्रिया दिनुहोस !