धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु

धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु
सुन्नुहोस्

ढल्केवर (धनुषा) : धनुषामा बसको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ। मृत्यु हुनेमा मिथिला नगरपालिका-३ की ७४ वर्षीया दुर्गादेवी महतो रहेको प्रहरीले जनाएको छ।

बुधबार अपरान्ह ४ बजेको समयमा पूर्व-पश्चिम लोकमार्ग अन्तर्गत धनुषाको मिथिला नगरपालिका-३ लालभित्ती चोकस्थित पश्चिमबाट पूर्वतर्फ गइरहेको ना५ख ६१०० नम्बरको बसले ठक्कर दिँदा वृद्धा महतोको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए।

उनका अनुसार मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको हो। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.