बिहान दालचिनीको पानी पिउनुहोस्, पाउनुहुनेछ स्वास्थ्य लाभ
काठमाडौं : खानामा शताब्दीयौंदेखि दालचिनीको प्रयोग हुँदै आएको छ । यो सामान्यतया खानाको स्वाद र सुगन्ध बढाउन प्रयोग गरिन्छ । तर के तपाईंलाई थाहा छ दालचिनीले धेरै स्वास्थ्य लाभहरू पनि प्रदान गर्न सक्छ । यसले तौल घटाउन मात्र मद्दत गर्दैन तर धेरै गम्भीर रोगहरूबाट पनि बचाउँछ ।
दालचिनीलाई अंग्रेजीमा सिनामन भनिन्छ । तपाईं यसलाई धेरै तरिकाले प्रयोग गर्न सक्नुहुन्छ । तपाईं राती एक गिलास पानीमा अलिकति दालचिनीको धुलो मिसाउनुहोस् र पानी तताएर बिहान खाली पेटमा पिउनुहोस् । यसबाहेक, बिहान दालचिनीको टुक्रा उमालेर पानी पनि पिउन सकिन्छ ।
दालचिनीका फाइदाहरू
दालचीनीले पाचन सुधार गर्छ
दालचिनीले शरीरको पाचन प्रणालीलाई सुधार गर्छ । यदि तपाईंले बिहान खाली पेटमा दालचिनी पानी पिउनुभयो भने यसले तपाईंको पाचन इन्जाइमहरूलाई उत्तेजित गर्न मद्दत गर्छ । जसले पेट फुल्ने, अपच र ग्यास कम गर्छ ।
तौल घटाउन उपयोगी
दालचिनी पानी तपाईंको तौल घटाउन पनि उपयोगी हुन सक्छ । यसले शरीरको मेटाबोलिज्म बढाउँछ जसले तौल घटाउन मद्दत गर्छ । दालचिनीमा पाइने एन्टी–अक्सिडेन्ट र एन्टी–इन्फ्लेमेटरी गुणले शरीरलाई शक्ति दिन्छ र अतिरिक्त बोसो घटाउन मद्दत गर्छ । यति मात्र नभइ दालचिनीले भोक कम गर्न र लामो समयसम्म पेट भरिएको महसुस गराउन पनि मद्दत गर्छ । जसले तपाईंलाई बारम्बार खानबाट रोक्छ र तौल घटाउन मद्दत गर्छ ।
मधुमेहमा उपयोगी
दालचिनीले इन्सुलिन संवेदनशीलता सुधार गर्न सक्छ । जसले रगतमा चिनीको मात्रा कम गर्न मद्दत गर्छ । यसले मधुमेह र इन्सुलिन प्रतिरोधलाई नियन्त्रण गर्छ । जसले गर्दा यो रोगबाट पीडित व्यक्तिहरूको लागि धेरै उपयोगी हुन्छ ।
प्रतिक्रिया दिनुहोस !