प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : महत

प्रधानमन्त्रीको भूमिका प्रभावकारी भएन : महत
सुन्नुहोस्

दाङ : नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले प्रधानमन्त्री केपी शर्मा ओलीको भूमिका प्रभावकारी नभएको बताएका छन् । देशका  दुई ठुला राजनीतिक शक्तिहरू मिलेर बनेको सरकारले जनताका गुनासालाई अपेक्षाकृत रूपमा सम्बोधन गर्न नसकेको भन्दै उनले सरकारको आलोचना गरेका हुन् । 

प्रवक्ता महतले प्रधानमन्त्रीले समन्वय, सन्तुलन मिलाउन नसकेको भन्दै आफ्नो भूमिकालाई प्रभावकारी बनाउनु पर्ने बताए ।

प्रेस युनियन दाङले आइतबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा  प्रवक्ता महतले सडकमा चलिरहेको शिक्षक आन्दोलन, गभर्नर नियुक्ति सुशासन कायम लगायतका विषयमा प्रधानमन्त्रीले सन्तुलन मिलाउन नसकेको, समन्वय र सहकार्य नगरेको आरोप लगाए ।

प्रवक्ता महतले सक्षम, योग्य र अर्थतन्त्रलाई मार्गनिर्देश गर्ने गभर्नर नियुक्त हुनुपर्ने पक्षमा  कांग्रेस रहेको भन्दै प्रधानमन्त्रीकै कारण गभर्नर नियुक्तिमा विलम्ब भएको बताए ।  सरकारले चाहे अनुसार काम गर्न नसक्दा जनतामा निराशा बढेको भन्दै उनले राजनीतिक नेतृत्वले अनावश्यक आश्वासन बाढ्दै हिँड्न नहुने पनि बताए । 

अर्को प्रसंगमा प्रवक्ता महतलेले सहकारीमा साना बचतकर्ताको रकम अपचलन भएको भन्दै सम्बन्धित व्यक्तिबाटै असुलउपर गरी बचतकर्तालाई बचत फिर्ता गर्ने काममा सरकार लाग्नुपर्ने बताए । पूर्वराजाले शक्ति आफ्नो हातमा लिने र मनोमानी गर्न खोजेकै कारण गणतन्त्र आएको स्मरण गर्दै उनले पुनः राजा फर्काउने सम्भव नभएको बताए ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.