वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुईवटा स्वर्ण

वाटा अन्तर्राष्ट्रिय तेक्वान्दोमा नेपाललाई दुईवटा स्वर्ण
सुन्नुहोस्

ओसाका (जापान) : जापानको ओसाकामा आयोजना भएको २१ औं वाटा अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालले दुई स्वर्ण पदक जितेको छ । आइतबार सम्पन्न प्रतियोगितामा नेपालका योगेशकुमार योगी र इन्जुमा राईले स्वर्ण पदक जितेका हुन् ।

च्याम्पियनसिपमा नेपालले ३ रजत र ६ कांस्य पदक पनि जित्यो । च्याम्पियनसिपमा योगेशले पुरुष १८ वर्षमाथिको पुम्से र इन्जुमाले महिला ५७ केजीमुनि तौलसमूहमा स्वर्ण पदक जितेका हुन् । 

यसैगरी सिनियर पुरुष ६८ केजीमुनि तौलसमूहमा विमल रोकाय, १२ देखि १४ वर्ष उमेरसमूहको महिला पुम्सेमा खुसी गौतम र सिनियर महिला पुम्सेमा मलिका घुलुले रजत पदक जिते । यस्तै महिला ४२ केजीमुनि डोल्मा लामा, पुरुष ७४ केजीमुनि चन्द्रप्रसाद गौतम, ५४ केजीमुनि अंकित गौतम र जुनियर ग्योरोगीको पुरुष ३३ केजीमुनि वीरेन्द्र हुमागाईंले कांस्य पदक जिते । यस्तै ग्योरोगीको महिला २९ 

केजीमुनि र १२ देखि १४ वर्ष उमेर समूहको एकल पुम्सेमा खुसी जोशीले दोहोरो कास्य पदक जितिन् । 

नेपाली टोली प्रह्लाद थापाको नेतृत्वमा ओसाका आएको हो । टिम व्यवस्थापकमा गंगाप्रसाद गौतम र प्रदीप थापा रहेका छन् । अन्तर्राष्ट्रिय निर्णायकद्वय टीकाप्रसाद लिम्बू र बब्लु शिवाकोटीले प्रतियोगितामा निर्णायकको भूमिका निर्वाह गरेका थिए ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.