राजनीतिक संक्रमणको अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर छौं : प्रधानमन्त्री ओली

देश बन्दैछ

राजनीतिक संक्रमणको अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर छौं : प्रधानमन्त्री ओली
फाइल तस्बिर।

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक राजनीतिक संक्रमणको अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर रहेको बताएका छन्। अन्नपूर्ण पोस्ट्को वार्षिकोत्सवको अवसरमा शुभकामना दिँदै उनले सरकारका पाइला विकास र समृद्धितर्फ अग्रसर रहेको बताएका हुन्।

‘मुलुक यतिबेला राजनीतिक संक्रमणको अन्त्य गर्दै विकास र समृद्धिको यात्रामा अग्रसर छ। विगतमा हाम्रो अधिकांश समय अधिकार प्राप्तिको संर्घषमा व्यतीत भयो। आज परिवर्तन भएको छ, जनता सार्वभौमसत्ता सम्पन्न छन्। हाम्रा सबै पाइला विकास र समृद्धितर्फ अग्रसर छन्’ उनले भने।

२४ वर्षमा तथ्यमा आधारित, विश्वसनीय र व्यवसायिक पत्रकारिता गर्दै समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्ने कार्यमा अन्नपूर्ण पोष्ट सधैं क्रियाशील रहेको उनको भनाई छ। ‘अन्नपूर्ण पोष्ट दैनिकले देश बन्दैछ भन्ने आशावादी सन्देशसहित विशेषाङ्क प्रकाशन गर्न लागेको खबरले खुशी तुल्याएको छ। यस अवसरमा म अन्नपूर्ण पोष्ट परिवारलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।’ उनले भने, ‘नेपालको पत्रकारिता क्षेत्रमा स्थापित अन्नपूर्ण पोष्टले २४ वर्षको यात्रा पार गरेको छ। नेपालको राजनीतिक परिवर्तनदेखि सामाजिक रुपान्तरणमा अन्नपूर्ण पोष्टले पुऱ्याएको योगदान महत्वपूर्ण छ। बितेका २४ वर्षमा तथ्यमा आधारित, विश्वसनीय र व्यवसायिक पत्रकारिता गर्दै समाजमा सकारात्मक चेतना अभिवृद्धि गर्ने कार्यमा अन्नपूर्ण पोष्ट सधैं क्रियाशील रहेको मैले पाएको छु।’ 

एमाले अध्यक्ष समेत रहेका ओलीले सञ्चार माध्यमले अब देश विकासका निम्ति नवीनतम् र सिर्जनात्मक रुपमा आम नागरिकलाई सुसूचित गर्नुपर्ने बेला आएको बताए। ‘अब हाम्रा सूचना र विषयवस्तु उद्यमशीलताको विकाससँगै रोजगारीका अवसर सिर्जना गर्ने कुरामा केन्द्रित हुनुपर्दछ। यसका लागि अन्नपूर्ण पोष्टले पनि आफ्नो तर्फबाट भूमिका खेल्ने छ भन्ने मैले अपेक्षा गरेको छु। अहिलेको सरकारले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई पूरा गर्न अघि सारेको राष्ट्रिय गन्तव्यलाई पूरा गर्न अन्नपूर्ण पोष्ट थप क्रियाशील हुनेछ भन्ने मेरो विश्वास छ।’ उनले भने, ‘देश बन्दैछ भन्ने आशावादी सन्देशसहित विशेषाङ्क प्रकाशन गर्ने कार्यमा संलग्न सबैलाई धन्यवाद दिंदै प्रकाशन सफलताको पूर्ण शुभकामना व्यक्त गर्दछु।’null
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.