वन क्षेत्रमा उत्खनन कार्यमा संलग्न ट्याक्टरसहित तीनजना नियन्त्रणमा

वन क्षेत्रमा उत्खनन कार्यमा संलग्न ट्याक्टरसहित तीनजना नियन्त्रणमा
सुन्नुहोस्

धनुषा : डिभिजन वन कार्यालय धनुषाले वन क्षेत्रबाट उत्खनन कार्यमा संलग्न तीन जनालाई नियन्त्रणमा लिएको छ । गएराति धनुषाको मिथिला नगरपालिका–५ स्थित औरहीबाबा सामुदायिक वन क्षेत्रबाट तीनवटा ट्याक्टरसहित तीन जनालाई नियन्त्रणमा लिएको डिभिजन वन कार्यालय धनुषाका प्रमुख विनोद सिंहले जानकारी दिए ।

उनका अनुसार बुधबार राति सव डिभिजन वन कार्यालय पुष्पवलपुर र जिल्लाबाट खटिएको संयुक्त टोलीले वन क्षेत्रमा अवैध उत्खनन गरिरहेको अवस्थामा ट्याक्टरसहित उत्खनन कार्यमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरेको हो ।

ज१त ६३७७, ज१त ४८५६ र मधेस प्रदेश ०२–००१ त–२८७७ नम्बरका ट्याक्टर मिथिला नगरपालिका–५, विश्रामपुरका सामैल अछामी, समिर भुजेल र सुन्दरकुमार महरालाई पनि नियन्त्रणमा लिएको प्रमुख सिंहले बताए ।

उनले अवैध उत्खनन आरोपमा पक्राउ परेका व्यक्ति तथा सवारीसाधनमाथि आवश्यक थप अनुसन्धान गरी वन ऐनअनुसार कारबाही प्रक्रिया अगाडि बढाउने जनाए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.