अस्ट्रेलियाका पूर्व ब्याट्सम्यानले वैभव सूर्यवंशीलाई दिए यस्तो सुझाव

अस्ट्रेलियाका पूर्व ब्याट्सम्यानले वैभव सूर्यवंशीलाई दिए यस्तो सुझाव
सुन्नुहोस्

काठमाडौं : अष्ट्रेलिया क्रिकेट टोलीका पूर्वओपनर म्याथ्यू हेडेनले आइपीएल २०२५ मा सबैभन्दा छिटो शतक प्रहार गरेकोमा राजस्थान रोयल्सका १४ वर्षीय खेलाडी वैभव सूर्यवंशीको प्रशंसा गरेका छन्।

उनले भने, ‘युवाहरूको कारणले राजस्थान रोयल्सले जित्यो। यो केवल क्रिकेटको बारेमा होइन। यो ती बालबालिकाहरूको सपनाको बारेमा हो जो खेलकुद मार्फत केही बन्न चाहन्छन्, चाहे त्यो क्रिकेट होस् वा अन्य कुनै खेल।’

उनले खेलको सुन्दरता भनेको त्यहाँका अवसरहरू रहेको बताए। उनले भने,‘यी युवालाई उसको क्रिकेट साथीहरूमाझ पक्कै पनि प्रशंसा गरिनेछ। मलाई आशा छ कि उसले खेलको आनन्द लिइरहेको छ। बाँकी कुराहरू ठीक ठाउँमा हुनेछन्।’

म्याथ्यू हेडनले खेललाई माया गरिरहन वैभव सूर्यवंशीलाई सुझाव दिएका छन्।  

उनले भने,‘उनलाई मेरो सल्लाह भनेको खेललाई माया गरिरहनु हो। खेलकुद व्यक्तित्व विकास गर्ने एउटा तरिका हो। यो एउटा कठिन खेल हो। शतक बनाएपछि उनी अर्को इनिङमा शून्यमा आउट भए। यो खेलको सत्य हो, सधैं आफूलाई सुधार गर्ने प्रयास गरिरहनुहोस् र सबैभन्दा महत्त्वपूर्ण कुरा खेलले तपाईंलाई चुनौती दिन्छ। यसमा रहनु सबैभन्दा महत्त्वपूर्ण कुरा हो।’

गुजरात टाइटन्स र राजस्थान रोयल्स बीचको खेलमा राजस्थानका १४ वर्षीय वैभव सूर्यवंशीले ३५ बलमा शतक प्रहार गरेका थिए।

वैभव सूर्यवंशीले आफ्नो शतकसँगै आईपीएलका धेरै रेकर्ड तोडेका छन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.