कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीको मृत्यु

कार र मोटरसाइकल ठोक्किँदा बाबु-छोरीको मृत्यु
सुन्नुहोस्

रौतहट :  रौतहटमा सवारी दुर्घटनामा परेर बाबु छोरीको ज्यान गएको छ । आइतबार  बिहान चन्द्रपुर नगरपालिका -४ स्थित लच्कामा हेटौंडाबाट रौतहट आउँदा भएको सवारी दुर्घटनामा  गरूडा नगरपालिका-२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीय उनकी छोरी उर्मिला देवीको ज्यान गएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ । 

ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डीएसपी राजकुमार राईका अनुसार मोटरसाइकल र कार ठोक्किएर दुर्घटना हुँदा उनीहरूको मृत्यु भएको हो ।  दुर्घटनामा परी सख्त घाइते भएका दुबैजनाको उपचारको क्रममा मृत्यु भएको उनले बताए । बुवा बलिराम सहनी चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्यु भएको डीएसपी राईले पुष्टि गरेका छन् ।

उनका अनुसार मृतक सहनीले चलाएको ना ३ प ९५१२ नम्बरको मोटरसाइकललाई बा ६ च ३५२६ नम्बरको कारले ठक्कर दिएको  थियो । दुर्घटनापछि कार चालक प्रहरी नियन्त्रणमा रहेको उनले बताए ।

अहिले मुचुल्का उठाउने काम भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.