स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जना पक्राउ
झापा : सशस्त्र प्रहरीले झापामा स्रोत नखुलेको करिब १५ लाख भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको टोलीले मेचीनगर-७, जोरसिमलमा बुधबार बिहान चेकजाँचका क्रममा स्रोत नखुलेको १४ लाख ९९ हजार ७ सय भारतीय रुपैयाँसहित मोरङ उर्लाबारीका एक व्यक्तिलाई पक्राउ गरेको छ।
काँकडभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसबाट उक्त रकम फेला परेको थियो। भारतीय रुपैयाँको नेपाली मूल्य करिब २३ लाख ९९ हजार ५२० हुन्छ। बरामद नगदसहित उनलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय इटहरी बुझाइएको जनाइएको छ।
प्रतिक्रिया दिनुहोस !