तारकेश्वरमा खानेपानी योजना निर्माण
नुवाकोट : नुवाकोटको तारकेश्वर गाउँपालिकामा खानेपानी योजना निर्माण भएको छ। बागमती प्रदेश सरकारको ९९ लाख रुपैयाँको बजेटमा तारकेश्वर गाउँपालिका-२ भवनडाँडामा ट्यांकी, तारकेश्वर-३ बरचौरमा संकलन ट्यांकी, मेनलाइन पाइप र चौतारागाउँमा धारा निर्माण गरिएको छ।
ती योजनाहरूको पालिका अध्यक्ष शिव अधिकारीले स्थलगत अवलोकन गरेका छन्। उनले निर्माण पक्षलाई गुणस्तरीय, टिकाउ र प्रभावकारी रूपमा निर्माण गर्न निर्देशन दिए। सो योजनाबाट चौतारागाउँमा रहेको ४० घरमा धारासमेत निर्माण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस !