गभर्नरको नियुक्तिबारे कांग्रेस बैठकमा सभापति देउवाले के भने ?

गभर्नरको नियुक्तिबारे कांग्रेस बैठकमा सभापति देउवाले के भने ?
फाइल तस्बिर।

काठमाडौं : नेपाली कांग्रेसले राष्ट्र बैंकको गर्भनरको नियुक्ति चाँडै हुने बताएको छ। शुक्रबार बिहान बुढानीलकण्ठमा बसेको पार्टीको पदाधिकारी र पूर्वपदाधिकारीको बैठकपछि प्रवक्ता डा. प्रकाशशरण महतले गभर्नरको नियुक्ति एमालेसँगको सहमतिमै चाँडै हुने सभापति शेरबहादुर देउवाले ब्रिफिङ गरेको जानकारी दिए।
 
देउवाले राष्ट्र बैंकको नेतृत्व प्रोफेसनल, व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगले अगाडि बढाउने उल्लेख गरेका छन्। सभापति देउवाको भनाई उदृत गर्दै महतले भने, ‘गभर्नरको विषय निकै ढिला भएकोमा चासो प्रकट भएको छ । चाँडै टुंगो लाग्छ र हामीले प्रोफेसनल, व्यवसायिक, मौद्रिक र वित्त नीतिलाई समन्वयात्मक ढंगले नेतृत्व गर्न सक्ने व्यक्तिको हातमा जानुपर्‍यो भनेका छौं, त्यसको चाँडो निर्णय हुन्छ । सहमतिबाट निर्णय हुन्छ ।’

गभर्नर नियुक्तिमा ढिलाई भइरहेको बारेमा नेपाली कांग्रेसका सभापति देउवाले प्रधानमन्त्री ओलीका कारण नभएको स्पष्ट पार्दै आएका छन्। एक कार्यक्रममा देउवाले प्रधानमन्त्रीका कारण नभइ राष्ट्र बैंकमै समस्या भएका कारण गभर्नर नियुक्तिमा ढिलाइ भएको बताएका थिए। प्रधानमन्त्री ओलीले गभर्नर चयनको जिम्मा कांग्रेसलाई दिएको देउवाको भनाइ छ।  

राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट राजीनामा दिएका डा. गुणाकर भट्टलाई गभर्नरमा पठाउने तयारी कांग्रेसको तयारी छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.