सिरहाको अस्पतालमा सुत्केरीको मृत्यु, शल्यक्रिया गर्ने टीमलाई सोधपुछ गर्दै प्रहरी

अस्पतालले ढिलो रिफर गर्दा ज्यान गएको परिवारको आरोप

सिरहाको अस्पतालमा सुत्केरीको मृत्यु, शल्यक्रिया गर्ने टीमलाई सोधपुछ गर्दै प्रहरी
सुन्नुहोस्

सिरहा : सिरहाको गोलबजारस्थित बर्धमान अस्पतालका एक सुत्केरीको ज्यान गएको छ । मिर्चैया नगरपालिका-११ सीतापुरकी २७ वर्षीया रामकाशी यादवको शनिबार बिहान मृत्यु भएको हो ।

उनलाई शुक्रबार बिहान व्यथा लागेपछि परिवारजनले बर्धमान अस्पताल लगेका थिए । अस्पतालमा दिउँसो १२ बजेतिर शल्यक्रिया गरेर बच्चा निकालेका थिए । यसअघि दुई छोरीकी आमा रहेकी उनले छोरालाई जन्म दिएकी थिइन् । जन्मिएको बच्चा सकुशल छ ।  सन्तान आगमनको खुसी घरपरिवारमा  छाएको थियो तर सो खुसी धेरै बेर टिकेन ।

शल्यक्रियाको क्रममा अत्यधिक रक्तश्राव भएपछि रामकाशीको स्वास्थ्य अवस्था बिग्रँदै जाँदा परिवारजनले बाहिर लान खोजेका थिए । रिफर गरिदिन पटकपटक आग्रह गर्दा पनि यतै ठीक भइहाल्छ भनेर अस्पतालले ढाढस दिएर राखे । ढिलो रिफर गर्दा गोलबजारबाट बिराटनगर लाने क्रममा बाटोमै उनको मृत्यु भएको हो ।

null 

शनिबार बिहान साढे ५ बजेको समयमा बिराटनगरस्थित न्यूरो अस्पतालले उनलाई मृत घोषणा गरेको मृतकका पति सन्त यादवले बताए ।

अस्पतालमा कार्यरत डाक्टरहरूको लापरबाहीले सुत्केरीको ज्यान गएको भन्दै परिवारजन अस्पताल अगाडि राजमार्गमा शव राखेर प्रदर्शनसमेत गरेका छन् । पीडित परिवारको प्रदर्शनपछि प्रहरीले अस्पतालका डाक्टरसहित ३ जनालाई सोधपुछका लागि बोलाइएको जिल्ला प्रहरी कार्यालय सिरहा प्रवक्ता तथा डिएसपी विरेन्द्र पासवानले जानकारी गराए । 

उनका अनुसार शवलाई पोष्टमार्टमका लागि पठाउने तयार भइरहेको छ । थप अनुसन्धानका लागि अस्पतालका डकुमेन्ट पनि मगाएको उनले बताए । 

null


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.