...अनि सफल भयो भारत-पाकिस्तान युद्धविराम

...अनि सफल भयो भारत-पाकिस्तान युद्धविराम

काठमाडौं : भारत र पाकिस्तानबीच पछिल्ला पाँच दिनदेखि तनाव बढिरहेको थियो। विशेषतः भारत-पाकिस्तान सीमा क्षेत्र र दुवै देशले शासित गर्दै आएको जम्मु कश्मीर क्षेत्र गोलबारीले अशान्त बनेको थियो। दुवै देशका आ-आफ्नै दाबीबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाली समयअनुसार ५:४८ बजे एक्समा एउटा पोस्ट गरे। उनले मध्यरातसम्म चलेको वार्ता सफल भएको उल्लेख गरेका छन्।

उनले भारत र पाकिस्तानले युद्धविराम गर्न सहमत भएको घोषणा पनि गरे। भारत र पाकिस्तानबीच युद्ध चलिरहेकै बेला अमेरिकी राष्ट्रपति ट्रम्पले सुखद समाचार सुनाएका थिए। उनले युद्धविराम गर्न सहमत भएकोमा भारत र पाकिस्तानलाई बधाइ पनि दिए। 

'अमेरिकाको मध्यरातसम्म चलेको लामो वार्तापछि भारत र पाकिस्तान तत्काल युद्धविराम गर्न सहमत भएको घोषणा गर्न पाउँदा खुसी छु। महान बुद्धिमत्ता प्रयोग गरेकोमा दुवै देशलाई बधाइ,' उनले एक्समा लेखेका छन्।

अमेरिकी उपराष्ट्रपति जेडी भान्सले केही दिनअघि मात्रै भारत-पाकिस्तानको आन्तरिक मामिलामा आफूहरूले दख्खल नदिने बताएका थिए। उनले त्यस्तो बताइरहँदा राष्ट्रपति ट्रम्प भने भारत-पाकिस्तानको युद्ध रोक्ने पक्षमा रहेको ह्वाइट हाउस स्रोतलाई उद्धृत गर्दै बीबीसीले लेखेको छ। उनले युक्रेन र रुसबीचको जारी युद्ध रोक्न पनि भूमिका खेल्दै आएका छन्। 'भारत र पाकिस्तानको युद्ध पनि उनलाई सह्य थिएन। त्यसका लागि रातदिन पहल गरे र सफल पनि भए,' बीबीसीमा भनिएको छ।

अमेरिकी राष्ट्रपतिले घोषणा गरेपछि युद्धरत भारत र पाकिस्तान दुवै देशले युद्धविरामका लागि सहमत भएको आधिकारिक पुष्टि गरेका थिए। भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिश्रीले आयोजित प्रेस ब्रिफिङमा आज ५ बजेदेखि युद्धविराम भएको बताए। उनले त्यसअघि भारत र पाकिस्तानका सैन्य अधिकारीहरूबीच फोन वार्ता भएको बताए। सोही टेलिफोन वार्तापछि स्थल, हवाई र जल तीनै क्षेत्रमा युद्ध, र सैन्य कारबाही रोक्ने सहमति भएको सचिव मिश्रीले बताए। 

पाकिस्तानका उपप्रधान एवं विदेशमन्त्री इसक दरले पनि युद्धविराम भएको पुष्टि गरे। उनले पनि एक्समार्फत आफूहरू शान्ति र सुरक्षाको पक्षमा रहेको उल्लेख गरेका छन्। 

अमेरिकी विदेश मन्त्रालयले पनि विज्ञप्ति जारी गरेर युद्धविरामका लागि ४८ घन्टा पहल गर्नुपरेको बताएको छ। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले विज्ञप्ति जारी गरेर अमेरिकाका उपराष्ट्रपति जेडी भान्स र आफूले युद्धविरामका लागि दुई दिन मेहनत गरेको बताए।

यस दौरानमा भारतीय प्रधानमन्‍त्री नरेन्द्र मोदी, भारतीय प्रधानमन्त्री शहबाज सरिफ, भारतीय विदेशमन्त्री एस जयशंकर, पाकिस्तानका सेनाध्यक्ष असीम मुनिर, भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र पाकिस्तानका सुरक्षा सल्लाहकार असीम मिलकसँग निरन्तर छलफल भएको विदेशमन्त्री रुबियोले उल्लेख गरेकी छन्। यसबीचमा भारत र पाकिस्तानका उच्च अधिकारीहरूसँग पनि छलफल भएको उनले बताइन्। 

जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा विस्फोटको आवाज सुनिएको एक्समा उल्लेख गरेका छन्। 'के भयो युद्धविराम? श्रीनगरमा सबैतिर विस्फोटको आवाज सुनिरहेको छु,' उनले प्रश्न गरेका छन्। उनले त्यहाँका नागरिकलाई सुरक्षित रहन अपील गरेका छन्।

'यो बताउँदै गर्दा मलाई खुसी लागेको छ कि भारत र पाकिस्तान युद्धविराम गर्न र एकआपसमा छलफलका लागि सहमत भएका छन्,' उनले भनेकी छन्। उनले शान्ति स्थापनाका लागि प्रधानमन्त्री मोदी र सिरफले चालेको कूटनीतिक कदमलाई सराहना गरेकी छन्। 

भारतीय विदेशमन्त्री एस जयशंकरले पनि युद्धविरामका लागि सहमति भएको बताए। उनले भारत र पाकिस्तानले सैन्य कारबाही रोक्न तयार भएको एक्समा उल्लेख गरेका हुन्। उनले आतंकवादविरुद्ध भारतको अडान भने कहिल्यै नझुक्ने बताए। 'आतंकवादविरुद्ध भारत सधैं कठोर बन्दै आएको छ। र, त्यो जारी पनि रहन्छ,' उनले भनेका छन्। भारतको रक्षा मन्त्रालयले पनि युद्धविरामका लागि गरिएको सहमति पालना गर्ने बताएको छ। तर, यसबीच हुनसक्ने खतराका लागि आफूहरू सतर्क रहने भारतीय सेनाका अधिकारी आर रघु नायरले बताए।

त्यस्तै पाकिस्तानका प्रधानमन्त्री सिरफले पनि आधिकारिक धारणा सार्वजनिक गरे। शान्ति स्थापनाका लागि सक्रिय भूमिका खेलेको भन्दै उनले अमेरिकी राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिए। 'यहाँसम्म आउनका लागि अमेरिकाले खेलेको भूमिका सराहनीय छ। हामीले पनि त्यसलाई शान्ति र स्थिरताका लागि स्वीकार गरेका छौं,' उनले एक्समा भनेका छन्। सरिफले अमेरिकी उपराष्ट्रपति भान्स र विदेशमन्त्री रुबियोको खुलेर तारिफ गरेका छन्। उनले हालको मुद्दालाई नयाँ शीराबाट समाधान गर्नुपर्ने बताए। 

यसैबीच युद्धविरामको घोषणा भएको केही घन्टामै भारतमाथि पाकिस्तानले ड्रोन प्रहार गरेको छ। जम्मु कश्मीरका मुख्यमन्त्री उमर अब्दुल्लाहले श्रीनगरमा विस्फोटको आवाज सुनिएको एक्समा उल्लेख गरेका छन्। 'के भयो युद्धविराम? श्रीनगरमा सबैतिर विस्फोटको आवाज सुनिरहेको छु,' उनले प्रश्न गरेका छन्। उनले त्यहाँका नागरिकलाई सुरक्षित रहन अपील गरेका छन्।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.