दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु

दमकमा ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु
सुन्नुहोस्

झापा : ट्रकको ठक्करबाट झापाको दमकमा स्कुटर चालकको मृत्यु भएको छ । दुर्घटनामा परी मृत्यु हुने स्कुटर चालक ताप्लेजुङ जिल्ला दोभान निवासी  २२ वर्षीय अंकित लिम्बू रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

गएराति अन्दाजी १०:१५ बजे दमक नगरपालिका–१ स्थित रबि स्टेण्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिँदा चालक लिम्बूको घटनास्थलमै मृत्यु भएको थियो । मृतक लिम्बू दमक थकाली किचन घरको स्टाफ हुन् ।

स्कुटरको पछाडि सवार पाँचथर जिल्ला  मिक्लाजुङ गाउँपालिका–४ निवासी ४२ वर्षीया सृजना राई घाइते भएकी छन् । उनको अवस्था गम्भीर रहेकोले थप उपचारको लागि बीएण्डसी अस्पताल विर्तामोड पठाइएको छ । ट्रक चालक फरार रहेका छन् भने ट्रक र स्कुटर इलाका प्रहरी कार्यालय दमकले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.