बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग

बजेटमा किसानमुखी कार्यक्रम ल्याउन माग
सुन्नुहोस्

तानसेन : अखिल नेपाल किसान महासंघ पाल्पाको बैठकले आगामी बजेटमा किसानमुखी कार्यक्रम ल्याउन तिन तहकै सरकारसँग माग गरेको छ। महासंघ बैठकबाट निर्माण भएको घोषणा पत्र सार्वजनिक गर्दै विभिन्न ३८ बुँदे मागहरू कार्यान्वयन गर्न ३ वटै सरकारसँग माग गरेको छ। बैठकले गरेका निर्णयहरू सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै महासंघकी पाल्पा अध्यक्ष लक्ष्मी खनालले देशको समृद्धि कायम गर्न, देशमा आयआर्जन बढाउन, कृषि उत्पादनमा आत्मनिर्भर बन्न ३८ बुँदाहरू कार्यान्वयन हुनुपर्ने जोड दिइन्। पाल्पाका १० वटै पालिकाहरूले आगामी बजेटमा कृषि कार्यक्रममा जोड दिन महासंघ पाल्पाका अध्यक्ष खनालले जोड दिइन्। 

अखिल नेपाल किसान महासंघ पाल्पाले किसानहरूलाई पर्याप्त मात्रामा रासायनिक मलखादको व्यबस्था हुनुपर्ने, गुणस्तरीय विउ विजनको व्यवस्था घरदैलोमा गर्नुपर्ने, पाल्पाका सबै पालिकाले न्यूनतम १५ प्रतिशत बजेट कृषि क्षेत्रमा बिनियोजन गर्नुपर्ने माग गरेको छ। महासंघले स्थानीय तहबाट अर्गानिक खेतीपातीका लागि जैविकमलको व्यवस्था गरी निःशुल्क रूपमा कृषकहरू लाई वितरण गर्नुपर्ने। कृषकहरूको बाली तथा पशुको निःशुल्क रूपमा विमाको व्यवस्था गर्नुपर्ने। किसानको पहिचाल, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था गरी सोहीअनुसार राज्यले सेवा सुविधा प्रदान गर्नुपर्ने। पाल्पाबाट उत्पादित कृषि, फलफूल तथा पशु उत्पादनहरूको उचित मूल्य तथा बजारीकरणका लागि ३ वटै सरकारबाट सहयोग हुनुपर्नेमा जोड दिएको छ। 

प्रत्येक वडामा संकलन केन्द्र, चिस्यान केन्द्र र विषादी परीक्षण सहितको कृषि उपज संकलन केन्द्र स्थापना गर्नुपर्ने, स्थानीय कृषि उत्पादनको लेवलिङ गरी खरिद बिक्रीमा प्राथमिकतामा राख्ने, स्थानीय तहमै माटो परीक्षण तथा उपचार हुनु पर्ने। नर्सरी तथा विउ उत्पादनको व्यवस्था स्थानीय तहमै गर्नुपर्ने माग अखिल नेपाल किसान महासंघ पाल्पाले गरेको छ। 

बैठकले स्थानीयतहमा कृषकहरू लाई आत्मनिर्भर हुने गरी कृषि क्रान्ति दशक घोषणा गरी नीति नियम तथा कार्यक्रम बजेट ल्याउनुपर्ने। कृषि अनुदानलाई उत्पादनको आधारमा दिने गरी नीति कार्यक्रम ल्याउनु पर्ने। कृषि उत्पादनमा वन्यजन्तुको नियन्त्रण गर्ने विधि ल्याइ कार्यान्वयन हुनुपर्ने। एक गाउँ एक उत्पादन कार्यक्रम लागु गर्नुपर्ने। कृषि भुमिमा कर छुटको व्यबस्था हुनुपर्ने। वडा वडामा कृषि प्राविधिकहरूको व्यबस्था गरी कृषकहरूको घरदैलोमा सेवा दिनुपर्ने। कृषि औजारमा ७५ प्रतिशत छुट दिनुपर्ने, रैथाने वाली प्रवद्र्धन गर्नुपर्ने लगायतका ३८ वुदे माग कार्यान्वयन गर्न जोड दिएको महासंघ पाल्पाली अध्यक्ष खनालले बताइन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.