भारतीय कारबाहीमा १०० बढी आतंककारी मारिए : प्रधानमन्त्री मोदी

भारतीय कारबाहीमा १०० बढी आतंककारी मारिए : प्रधानमन्त्री मोदी

काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले 'अपरेसन सिन्दुर' अभियानमा सयभन्दा बढी आतंककारी मारिएको दाबी गरेका छन्। सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले खुंखार अपराधीहरू मारिएको बताए। 

उनले गत २२ अप्रिलमा पहलगाममा आतंकवादीहरूले घटाएको घटनामा निर्दोष नागरिकहरूको वीभत्स हत्या गरेको बताए। उनीहरूका परिवार र छोराछोरीकै सामुन्ने धर्म सोधेर क्रूरतापर्वक हत्या गरिएकाले त्यसविरुद्ध अपरेसन सिन्दुर अभियान सञ्चालन गरेको उनको भनाइ छ। 

'आतंकवादीहरूले हाम्रा बहिनीहरूको सिन्दुर पुछिदिएका थिए। त्यसविरुद्धको कारबाहीमा भारतले आतंकवादीको हेडक्वाटर नै उजाडी दिए। भारतको यो आक्रमणमा १०० भन्दा बढी खुंखार आतंककारी मारिए। अपरेसन सिन्दुरलाई म देशका हरेक आमा, बहिनी र छोरीहरुलाई समर्पित गर्न चाहन्छु,' उनले भने।

प्रधानमन्त्री मोदीले आतंकवादीलाई पाकिस्तानले पोस्दै आएको बताए। त्यही आतंकवादीको संरक्षणले पाकिस्तान एकदिन आफै सिद्धिने उनको भनाइ छ। 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.