अमेरिका र साउदीबीच १४० अर्ब डलरको सम्झौता
काठमाडौं : अमेरिका र साउदी अरबबीच १४२ अर्ब डलरको सम्झौता भएको छ। साउदीमा आयोजित द्विपक्षीय वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र साउदीका राजकुमार मोहम्मद बिन सलमानले मंगलबार उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन्।
उक्त सम्झौता रक्षामा केन्द्रित रहेको ह्वाइट हाउसले जनाएको छ। अमेरिकाले यस सम्झौतालाई इतिहासकै सबैभन्दा ठूलो रक्षा सम्झौता रहेको बताएको छ। यस सम्झौताअन्तर्गत अमेरिकाले साउदीलाई अत्याधुनिक युद्ध उपकरणहरू प्रदान गर्नेछ।
राष्ट्रपति ट्रम्प यतिबेला मिडलइस्ट भ्रमणमा निस्किएका छन्। चार दिने भ्रमणमा उनले साउदी, कतार र युएईको भ्रमण गर्ने तालिका छ।
प्रतिक्रिया दिनुहोस !