बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु

बिहारबाट दिल्ली जाँदै गरेको बसमा आगलागी, ५ जनाको मृत्यु
सुन्नुहोस्

काठमाडौं : लखनऊको मोहनलालगञ्ज क्षेत्रमा रहेको किसान पथमा बिहारबाट दिल्ली जाँदै गरेको स्लीपर बसमा आगलागी भएको छ। यस दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।  

लखनऊ (दक्षिण)का डीसीपी निपुण अग्रवालले बसमा ७० जना सवार रहेको बताए।

उनले भने, ‘बसमा यात्रा गरिरहेका दुई बालबालिका र दुई महिलासहित पाँच जनाको आगलागीमा परेर मृत्यु भएको छ। अन्य यात्रुहरूलाई उनीहरूको गन्तव्यमा पठाइँदैछ।’ आगलागी कसरी भयो भन्ने बारेमा आधिकारिक जानकारी उपलब्ध नभएको उनले बताए।  

प्रहरीका अनुसार बसको आपत्कालीन गेट नखुल्दा पछाडि बसेका यात्रुहरू समयमै बाहिर निस्कन सकेनन्।

समाचार एजेन्सी पीटीआईका अनुसार बस पूर्ण रूपमा जलेको छ।  

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले  यसका जिम्मेवार व्यक्तिलाई कारबाही गर्न निर्देशन दिएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.