रुसी सेनामा नेपालीलाई भर्ना नगर्न राष्ट्रपति पुटिनलाई प्रधानमन्त्री ओलीको सन्देश
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली युवाहरूलाई रुसी सेनामा भर्ना नगर्न रुसी प्रतिनिधिमण्डललाई आग्रह गरेका छन्। रुसी महासंघअन्तर्गतको काल्मिकियाका प्रमुख बाटु कासिकोभ नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता गर्दै उनले यस्तो आग्रह गरेका हुन्।
प्रधानमन्त्री ओलीले उक्त सन्देश रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई सुनाइदिन आग्रह पनि गरे। 'नेपाल र रुसबीच कुनै सैन्य सम्झौता नभएको अवस्थामा रुसी सेनामा नेपालीलाई भर्ना नगर्न सम्माननीय राष्ट्रपति पुटिनलाई सन्देश सुनाइदिनुहोला,' प्रधानमन्त्रीले भने। उनले राष्ट्रपति पुटिनलाई नेपालको औपचारिक भ्रमणका लागि निमन्त्रणा पनि गरेको प्रधानमन्त्री सचिवालयले जानकारी दिएको छ।
प्रमुख कासिकोभले आगामी सेप्टेम्बरमा काल्मिकियामा आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागिताका लागि प्रधानमन्त्री ओलीलाई निम्तो दिएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। भेटका नेपालस्थित रुसी राजदूतावासका राजदूत आलेक्सी नोभिकोभ, परराष्ट्र मन्त्रालयका उच्चाधिकारीलगायत सहभागी थिए।
प्रतिक्रिया दिनुहोस !