बेपत्ता छात्रा तीन दिनपछि मृत फेला

बेपत्ता छात्रा तीन दिनपछि मृत फेला
सुन्नुहोस्

नुवाकोट : त्रिशूली नदीमा बगेर बेपत्ता भएकी नुवाकोटको रातमाटेकी एक जना स्कुले छात्रा बिहीबार मृत फेला परेकी छन्। एक जना अझै बेपत्ता रहेकी छन्। 

बेलकोटगढी नगरपालिका-७ रातमाटे, कल्चौडेस्थित त्रिशूली नदीमा नुहाउने क्रममा बगेर बेपत्ता भएकी ११ वर्षीया जेनी डंगोल र सोही स्थानकी  ११ वर्षीया सदीक्षा राई मंगलबार त्रिशूलीले बगाई बेपत्ता भएकी थिइन्। बगेर बेपत्ता भएकामध्ये सदीक्षाको शव तीन दिनपछि फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

दुवै जना मंगलबार बेलुकीदेखि त्रिशूली नदीमा बगेर बेपत्ता भएकोमा खोजी गर्ने क्रममा सदीक्षाको शव फेला परेको प्रहरी नायब उपरीक्षक विक्रम लामाले जानकारी दिए। उनका अनुसार सदीक्षाको शव धादिङको सिद्धलेक गाउँपालिका-७ को आदमटारस्थित त्रिशूली नदी किनारमा ढुंगामा अड्किएको अवस्थामा फेला परेको हो। 

बेपत्ता भएका दुवै जना बेलकोटगढी-७ रातमाटेमा रहेको शिलादेवी माविको कक्षा ७ मा अध्ययनरत छात्राहरू हुन्। बेपत्ता भएका छात्राहरूको खोजीमा चितवनको कुरिनटारस्थित सशस्त्र प्रहरी विपद् तालिम शिक्षालयका प्रहरीको १० जना गोताखोरको परिचालन गरिएको छ।  
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.