मोरङमा ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

मोरङमा ट्यांकरसँग मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : मोरङमा ट्यांकर र मोटरसाइकल ठोक्किदा एकजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत उर्लाबारी नगरपालिका–३ पुरानो मंगलबारेमा बिहीबार राति ११:१५ बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीका अनुसार पश्चिमतर्फ आउँदै गरेको ग ६ प ५०२६ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको ना ५ ख २१८७ नम्बरको ट्यांकर एकआपसमा ठोक्किएको बताए । 

ट्यांकरमा चिनी मिलबाट निस्किएको छुवा लोड गरिएको पाइएको छ । दुर्घटनामा परेर मोटरसाइकल चालक झापाको दमक नगरपालिका–९ का ३६ वर्षीय मनकुमार लिम्बूको मृत्यु भएको जानकारी डीएसपी जोशीले दिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार बिहानका राति १:३५ बजेतिर झापाको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा मृत्यु भएको हो ।

उर्लाबारीकै मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा सम्भव नभएपछि लिम्बूलाई थप उपचारका लागि बी एन्ड सी लगिएको थियो । ट्यांकर र चालक बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२२ का २९ वर्षीय अशोक थोकरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

सडकमा गुडिरहेको ट्यांकरसँग मोटरसाइकल ठोक्किएको सीसी क्यामेरा फुटेजमा देखिन्छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान सुरु गरेको छ । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.