'द्वन्द पीडितको अपमान हुने गरि गरिएको नियुक्ति अस्वीकार्य'

'द्वन्द पीडितको अपमान हुने गरि गरिएको नियुक्ति अस्वीकार्य'
सुन्नुहोस्

काठमाडौं : द्वन्द पीडित समुदायले संक्रमणकालीन न्यायसँगसम्बन्धी आयोगहरूमा भएको पदाधिकारी नियुक्तिप्रति आपत्ति जनाएको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जाल, द्वन्द्व पीडित साझा चौतारी, वेपत्ता परिवार समाज नेपाल, द्वन्द्व पीडित साझा चौतारी लगाएतले संयुक्त पत्रकार सम्मेलन गर्दै आफूहरूसँग परामर्श नै नगरि आयोगमा अपारदर्शी,स्वेच्छाचारी, अविश्वसनीय, निर्देशीत र दलीय भागवण्डाका आधारमा पदाधिकारी छनौट गरिएको भन्दै आपत्ति जनाएको हो । 

विभिन्न सात बुँदे धारणा सार्वजनिक गर्दै उनीहरूले द्वन्द पीडितको अपमान हुने गरि गरिएको नियुक्ति अस्वीकार्य भएको जनाएका छन् । त्यस्तै उनीहरूले द्वन्द पीडित समुदायसँग छलफल नगर्ने सरकार र छनौट समितिको व्यवहारले अपमानित महशुस भएको र यसबाट संविधानको पनि अपमान भएको जनाएका छन् । 

सरकारले गरेको नियुक्ति प्रक्रिया सच्चाएर विश्वसनीय र पारदर्शी छनौट र नियुक्तिको सुनिश्चित नगरेसम्म आफूहरूको आन्दोलन र विरोध जारी रहने द्वन्द्व पीडित महिला राष्ट्रिय सञ्जालकी पूर्व अध्यक्ष श्रृजना श्रेष्ठले बताए। द्वन्द पीडित समुदायले  सत्य,न्याय र परिपूरणको अधिकारको सम्मानजनक प्रचलनका लागि हुने आफूहरूको आन्दोलनमा साथ दिन मानवअधिकार संस्था, जनप्रतिनिधि तथा अन्तर्राष्ट्रिय समूदायसँग अपिल पनि गरेका छन् ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.