प्राविधिक कारणले बिजुली गएको हो, लोडसेडिङ हुँदैन : हितेन्द्रदेव शाक्य

प्राविधिक कारणले बिजुली गएको हो, लोडसेडिङ हुँदैन : हितेन्द्रदेव शाक्य
सुन्नुहोस्

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राविधिक समस्याका कारण विद्युत् आपूर्तिमा अवरोध देखिएको बताएका छन्।

शुक्रबार प्राधिकरणको स्युचाटार कार्यालयमा पत्रकार सम्मेलन गर्दै शाक्यले हावाहुरीका कारण प्रशारण लाइनमा समस्या आउँदा विद्युत् आपूर्तिमा अवरोध आएको बताए।

उनले बिहीबार बेलुकी ढल्केवर-मुजफ्फरपुर ४०० केभी डबल सर्किट लाइनमा हावाहुरीका कारण समस्या देखिएकाले काठमाडौंलगायतका केही स्थानमा विद्युत् आपूर्ति हुन नसेकेको स्पष्ट पारे।

भारतबाट सो लाइनमार्फत नेपालमा भइरहेको विद्युत् आयातसमेत केही समय रोकिएका कारण बिजुली जाने समस्या आएकाले जनमानसमा लोडसेडिङको भ्रम सिर्जना भएको उनले बताए। प्राधिकरणले नेपालमा पुनः लोडसेडिङ सुरु हुने सम्भावना पूर्णरूपमा अस्वीकार गरेको छ।

कार्यकारी निर्देशक शाक्यले प्राविधिक समस्याहरूलाई दीर्घकालीनरूपमा समाधान गरिने भन्दै यसका लागि केही समय लाग्ने बताए। उनले अहिले करिब १४ सय मेगावाट विद्युत् उत्पादन र पिक आवरमा २ हजार मेगावाट माग रहको जानकारी दिए। प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता लोड धान्नसक्ने अवस्था नरहेकाले पनि समय समयमा बिजुली जाने गरेको उनले बताए।

उनले आफू स्वयं प्रणाली नियन्त्रणमा बसेर हेर्दा प्रसारण लाइनको विद्युत् भारवहन गर्ने क्षमता सीमामा पुगेको देखिएको उल्लेख गरे। जसका कारण उपत्यकाको माग धान्न अन्य क्षेत्रबाट आएको विद्युतलाई चार्ज गर्न खोज्दा लाइन ट्रिप हुने गरेको उनले बताए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.