रूकुम पूर्वमा निःशुल्क स्वास्थ्य परीक्षण
रूकुम पूर्व : विश्व उच्च रक्तचाप दिवसको अवसरमा सिस्ने गाउँपालिका–५, कमदहमा एकदिने निःशुल्क स्वास्थ्य परीक्षण शिविर सम्पन्न भएको छ।
नेपाल पत्रकार महासंघ रुकुम पूर्वको समन्वय तथा स्वास्थ्य कार्यालय रुकुम पूर्वको आयोजनामा सम्पन्न शिविरमा ३० वर्षमाथिका नागरिकहरूलाई लक्षित गरी रक्तचाप, मधुमेह, पिसाब परीक्षण, तौल–उचाइ मापन तथा स्वास्थ्य परामर्श सेवा प्रदान गरिएको थियो।
शिविरमा १३० जनाभन्दा बढीले निःशुल्क स्वास्थ्य सेवा लिएका थिए।
प्रतिक्रिया दिनुहोस !