विराटनगरमा स्कुटर दुर्घटना, चालकको मृत्यु

विराटनगरमा स्कुटर दुर्घटना, चालकको मृत्यु
सुन्नुहोस्

विराटनगर : विराटनगरमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कोशी लोकमार्गअन्तर्गत विराटनगर महानगरपालिका–३ नेपाल आयल निगमको कार्यालयनजिक शनिबार मध्यराति दुर्घटना भएको हो। 

मोरङ ट्राफिक प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार खार्जीबाट कञ्चनबारीतर्फ आउँदै गरेको प्रदेश १–०२–०५० प ९७९६ नम्बरको स्कुटर आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको थियो। स्कुटर दुर्घटना हुँदा चालक विराटनगर–६ का अन्दाजी ५५ वर्षीय मोहमद अब्दुल कलामको मृत्यु भएको लम्सालले बताए। 

दुर्घटनामा परेर गम्भीर घाइते भएका कलामलाई उपचारका क्रममा नोबेल शिक्षण अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषित गरिदिएका हुन्। स्कुटर नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको छ। तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.