प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
सुन्नुहोस्

काठमाडौं : प्रतिनिधिसभाको बैठक आज बिहान ११:०० बस्ने भएको छ । आजको बैठकमा ‘नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने’ प्रस्ताव पेश हुने कार्यसूची छ ।

यस्तै ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेश गरिने छ । यी दुवै विधेयक संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।

यसैगरी शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको प्रतिवेदनसहित राष्ट्रियसभामा उत्पत्ति भएको ‘दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि छलफल गरियोस् भन्ने’ प्रस्ताव प्रस्तुत गर्ने छन्। छलफलसँगै सो विधेयक पारित गर्ने सम्भावित कार्यसूची तय भएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.