शरीरका लागि गुलाबी नुनको फाइदाहरू जान्नुहोस्

शरीरका लागि गुलाबी नुनको फाइदाहरू जान्नुहोस्
सुन्नुहोस्

काठमाडौं : हामी सबैले दैनिक रूपमा सामान्य सेतो (टेबल) नुन उपभोग गर्छौं। नुनले खानालाई आवश्यक स्वाद दिनुको साथै संरक्षण गर्न पनि मद्दत गर्छ। तर यसको अत्यधिक सेवनले रक्तचाप र मुटु रोग जस्ता स्वास्थ्य समस्या  निम्त्याउन सक्छ। त्यसैले धेरै स्वास्थ्य विशेषज्ञले  गुलाबी नुन वा गुलाबी हिमालयन नुन सेवन गर्न सुझाव दिन्छन्।  

वेबएमडीको रिपोर्ट अनुसार टेबल नुन र हिमालयन गुलाबी नुनमा सोडियमको मात्रा लगभग बराबर छ। तर गुलाबी नुनको स्वास्थ्य लाभ छ। यसमा क्याल्सियम, पोटासियम र म्याग्नेसियम जस्ता खनिजहरू हुन्छन्। यसको फाइदा अतिरिक्त तौल घटाउन मद्दत गर्छ।   गुलाबी नुन तौल घटाउन उपयोगी छ भन्ने कुरा प्रमाणित गर्ने पर्याप्त प्रमाण नभए पनि, यसले तपाईंको समग्र स्वास्थ्यलाई फाइदा पुर्‍याउँछ र स्वस्थ तौल कायम राख्न मद्दत गर्छ।  

तृष्णा कम गर्छ 

सन् २०१० मा जर्नल अफ सेन्सरी स्टडीजमा प्रकाशित एक अनुसन्धान अनुसार गुलाबी नुनमा टेबल नुनको तुलनामा क्याल्सियम, आइरन,  पोटासियम र म्याग्नेसियम बढी हुन्छ। यसले इलेक्ट्रोलाइट्सलाई सन्तुलनमा राख्न सक्छ र चिनीको चाहना र खाजा खान नियन्त्रण गर्न मद्दत गर्दछ। यसरी यसले शरीरमा क्यालोरी नियन्त्रण गर्छ जुन तौल घटाउन आवश्यक छ।   

पाचन सुधार गर्छ

गुलाबी नुनले पाचन तरल पदार्थको उत्पादन बढाउँछ जसले आवश्यक पोषक तत्त्वहरूको अवशोषण सुधार गर्न र बोसो भण्डारणलाई रोक्न मद्दत गर्दछ।  

मेटाबोलिज्म बढाउँछ 

गुलाबी नुनले पाचन इन्जाइमहरूलाई सक्रिय गर्न मद्दत गर्छ, जसले पेटको स्वास्थ्यमा सुधार ल्याउँछ र पाचनलाई गति दिन्छ।  स्वस्थ पाचनले तपाईंको मेटाबोलिज्मलाई तीव्र बनाएर तौल घटाउन मद्दत गर्छ। यसबाहेक, गुलाबी नुनले शरीरबाट डिहाइड्रेसन र थकानलाई पनि टाढा राख्छ। मनतातो पानीमा यो नुन मिसाएर पिउँदा इलेक्ट्रोलाइट्स सन्तुलित रहन मद्दत गर्छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.