दिल्लीस्थित नेपाली दूतावासले भन्यो - भारतहुँदै तेस्रो मुलुक जाँदा एनओसी लिएर मात्रै जानू

दिल्लीस्थित नेपाली दूतावासले भन्यो - भारतहुँदै तेस्रो मुलुक जाँदा एनओसी लिएर मात्रै जानू
सुन्नुहोस्

काठमाडौं : नयाँ दिल्लीस्थित नेपाली राजदूतावासले भारतहुँदै एनओसीको आवश्यक पर्ने मुलुकको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा दूतावासद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

भारतीय विमानस्थलहुँदै मध्यपूर्वका मुलुकहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढ्न थालेपछि नेपाली पनि अलपत्र पर्नसक्ने भन्दै नेपाली राजदूतावासले श्रम स्वीकृति वा एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको हो।

दूतावासले सोमबार एक सूचना जारी गर्दै  भारतहुँदै एनओसीको आवश्यकता पर्ने मुलुकहरूको भ्रमणमा जाँदा वैदेशिक रोजगारी विभागद्वारा जारी भएको आधिकारिक श्रम स्वीकृति वा नेपाली राजदूतावास नयाँ दिल्लीद्वारा जारी भएको एनओसी लिएर मात्रै यात्रा गर्न अनुरोध गरेको छ।

पछिल्लो समय भारतीय विमानस्थलहुँदै मध्यपूर्वका मुलुकहरूको भ्रमणमा जान नक्कली श्रम स्वीकृति देखाइ अध्यागमन पार गर्न खोज्नेको संख्या बढिरहेको राजदूतावासले जनाएको छ।

'पछिल्लो समयमा भारतीय विमानस्थल हुँदै मध्यपूर्वका केही मुलुकहरुको भ्रमणमा जान नक्कली श्रम स्वीकृति (Labour Permit) र No Objection Certificate (NOC) देखाई अध्यागमन पार गर्न खोज्नेको संख्या बढी रहेको जानकारी भारत सरकारका सम्बन्धित निकायहरुबाट प्राप्त हुन आएको छ। यसगरी,नक्कली कागजातहरु प्रयोग गर्न खोज्ने व्यक्तिहरुलाई भारतीय अद्यागमन अधिकारीले विमानस्थलबाट नियन्त्रणमा लिई प्रहरी हिरासतमा पठाइएका व्यक्तिहरुको संख्यामा पनि सोही अनुरुप वृद्धि हुँदै गइरहेको सूचनाप्रति यस राजदूतावासको ध्यानाकर्षण भएको छ ,'सूचनामा भनिएको छ।

दूतावासले एनओसीको आवश्यकता पर्ने देशहरूको सूची,एनओसी प्राप्त गर्न पूरा गर्नुपर्ने प्रक्रिया,पेश गर्नुपर्ने कागजातहरू र बुझाउनुपर्ने दस्तुर सम्बन्धी विस्तृत  जानकारी राजदूतावासको वेभसाइटमा प्राप्त गर्न सकिने समेत जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.